शिक्षामा अन्तरराष्ट्रियकरणःनेक र एभेइरो विश्वविद्यालय बिच सम्झौता — OSNepal

शिक्षामा अन्तरराष्ट्रियकरणःनेक र एभेइरो विश्वविद्यालय बिच सम्झौता

LC (KTM) June 30, 2021 0

स्शिक्षामा गुणस्तर अभिवृद्धीकोलागि तथा विभिन्न देशका विश्वविद्यालयहरू बिच अनुभव आदानप्रदान तथा शिक्षक र विद्यार्थीहरूको आपसी भ्रमण अपरिहार्य रहेको तथ्यलाई मध्यनजर गरी उच्च प्राविधिक शिक्षामाअन्तरराष्ट्रियकरण आयोजना कार्यान्वयन गर्न भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित गैरनाफामुलक संस्था नेपाल इन्जिनयरिङ कलेज ९नेक० र पोर्चुगलको एभेइरो विश्वविद्यालय बिच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

विश्वव्यापी फैलिरहेको कोभिड महामारिको कारण भौतिक उपस्थितिमा नभई भर्चुअल माध्यममा नेकको तर्फबाट कलेजका प्रचार्य प्रा।डा। हरिकृष्ण श्रेष्ठ र एभेइरो विश्वविद्यालयको तर्फबाट प्रो(रेक्टर प्रा। डोउटोरा सान्द्रा सोआरेसले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। सो दुई वर्षे आयोजना अन्तरगत एभेइरो विश्वविद्यालयका शिक्षकहरूले नेकमा भ्रमण गरी चार विधाहरूमा अल्पकालिन अध्यापन गराउने छन् भने आयोजनाको अर्को चरणमा नेकका शिक्षक तथा विद्यार्थीहरूलेएभेइरो विश्वविद्यालय गई अध्ययन अध्यापन गराउने कार्यक्रम बनाइएको छ।

शिक्षामा अन्तरराष्ट्रियकरण आयोजनाको पहिलो चरण अन्तरगत नेकका चारजना विद्यार्थीहरूले स्पेनको विश्वविद्यालयमा गई एक सेमेष्टर अध्ययन सकाई फर्किसकेको र स्पेनका एकजना शोधकर्ता नेपाल भ्रमण गरी फर्किसकेको कुरा आयोजनाका संयोजक सहप्राध्यापक दुर्गाप्रसाद भण्डारीले जानकारि दिनुभएको छ। आयोजना कार्यान्वयनमा लाग्ने खर्च युरोपको इरास्मस प्लस कार्यक्रमबाट बेहोरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर