खेतमा आलु लगाउन ब्यस्त छन् बागलुङका किसान — OSNepal

खेतमा आलु लगाउन ब्यस्त छन् बागलुङका किसान

LC (KTM) November 23, 2022 0

बागलुङ नगरपालिका–४, कुडुलेफेदीस्थित खेतमा आलु लगाउन व्यस्त किसान । सिँचाइको राम्रो व्यवस्था भएको उक्त फाँटमा आलुको उत्पादन राम्रो हुने गरेको छ ।

यो पनि: बागलुङ( १ मा चित्रबहादुर केसी विजयी:बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा ९एमाले०का सूर्य पाठकलाई पराजित गर्नुभएको छ ।

केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिनुभयो । एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गर्नुभएको छ ।

उमेरले ८० वर्ष पुग्नुभएका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाल रह्यो । विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित हुनुभएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बन्नुभएको थियो । केसीको यो चौथो पटकको संसद यात्रा हो ।

विसं २०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको सदस्यको उमेदवार भए पनि उहाँ पराजित हुनुभयो । त्यसपछि २०५६ सालको संसदीय निर्वाचनमा उहाँ यही क्षेत्रबाट संसद चुनिनुभयो । तत्कालीन समयमा उहाँले नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गर्नुभएको थियो । विसं २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरेर निर्वाचित हुनुभएको थियो । केसीले २०७४ सालमा भने चुनाव लड्नुभएन ।

केसी २०७२ साल कात्तिक १९ मा ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री बन्नुभएको थियो । राजनीतिक भाषण तथा अन्तर्वार्तामा उखान टुक्का मिसाएर बोल्ने उहाँको शैली मन पराउनेको सङ्ख्या धेरै छ । केसीले राजनीतिक यात्रामा १९ वर्ष भूमिगत जीवन बिताउनुभएको छ । उहाँले ९ महिना जेल जीवन बिताउनुभएको थियो ।९९९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर