बलिउडका सुपरहिट फिल्ममा खेलेका यी कलाकार जिवन मरणको दोसाँधमा — OSNepal

बलिउडका सुपरहिट फिल्ममा खेलेका यी कलाकार जिवन मरणको दोसाँधमा

LC (KTM) November 23, 2022 0

बलिउडका धेरै हिट फिल्महरूमा आफ्नो अभिनय क्षमता प्रमाणित गरेका दिग्गज अभिनेता विक्रम गोखलेको अवस्था नाजुक बन्दै गएको छ । विक्रम गोखले केही दिनदेखि अस्पतालमा भर्ना भएका छन् । नयाँ जानकारी अनुसार अहिले अभिनेताको अवस्था बिग्रिएको छ । उनको उपचारमा चिकित्सकहरुले कुनै कसर बाँकी राखेका छैनन् ।

विक्रम गोखले पुणेको अस्पतालमा भर्ना भएका छन् । सिन्टाका वरिष्ठ अध्यक्ष मनोज जोशीले बरिष्ठ अभिनेता विक्रम गोखलेको अवस्था चिन्ताजनक रहेको जानकारी दिएका छन् । आज तक इन सँगको कुराकानीमा उनले भने( विक्रम गोखले गम्भीर छन् र उनी पुणेको दीनानाथ मंगेशकर अस्पतालमा उपचार भइरहेको छ ।

विक्रम गोखलेको अवस्था नाजुक भएको थाहा पाउने बित्तिकै अभिनेताका सबै फ्यानहरु निराश बनेका थिए । विक्रम गोखलेका सबै नजिकका र प्रियजनहरुले उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । विक्रम गोखलाई छिट्टै निको होस् भन्ने सबैको चाहना छ । विक्रम गोखले ८२ वर्षका भएका छन् ।

रिपोर्टमा भनिएको छ कि स्वास्थ्य बिग्रिएपछि उनलाई केही दिन अघि अस्पताल भर्ना गरिएको थियो । उपचारपछि उनको स्वास्थ्यमा सुधार आउन थालेको थियो तर पछिल्ला केही दिनदेखि उनको अवस्था फेरि बिग्रँदै गएको र अहिले उनको अवस्था निकै नाजुक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर