बिश्वकप फुटबल : कोस्टारिकाको पोष्टमा स्पेनद्धारा गोलको बर्षा — OSNepal

बिश्वकप फुटबल : कोस्टारिकाको पोष्टमा स्पेनद्धारा गोलको बर्षा

LC (KTM) November 24, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले आफ्नो पहिलो खेलमा सानदार जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा कोस्टारिकालाई ७-० गोल अन्तरले हराउँदै स्पेनले सानदार सुरुआत गरेको हो । विश्वकपमा स्पेनले पहिलो पटक ७ गोलको फराकिलो जित निकालेको हो ।

अल थुमामा स्टेडियममा स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाको नाममा एक एक गोल रह्यो । एकतर्फी खेलमा स्पेनले ११ औं मिनेटमा ओल्मोको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।

खेलको २१ औं मिनेटमा एसेन्सियोले गोल गर्दा स्पेनको अग्रता २-० को बन्यो । खेलको ३१ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीबाट गोल गरेपछि स्पेन पहिलो हाफमा ३-० ले अघि रह्यो ।

खेलको ५४ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा गाभीले गोल गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए ।

गाभी विश्वकपमा स्पेनका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बने । १८ वर्ष ११० दिनका गाभी पेले र मानुएल रोससपछि विश्वकपमा गोल गर्ने तेस्रो कान्छा खेलाडी बने ।

खेलको ९० औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई ६-० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा मोरटाले गोल गर्दै स्पेनलाई ७-० गोलको फराकिलो जित दिलाए । यस जितसँगै स्पेनले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर