• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार

कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • १:५४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.8K
    SHARES

    काठमाडौँ, १६ असार- नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको बरियतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो बरियतामा भूर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहनुभएको छ । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा हुनुहुन्थ्यो ।

    आईसीसीले जारी गरेको बरियतामा नेपालबाट भूर्तेल र मल्लसहित चार खेलाडी समेटिनुभएको छ । बरियतामा पर्नुभएका अन्य खेलाडीमा पूर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहनुभएको छ । पछिल्लो बरियतामा खड्का ८८औँ स्थानमा रहनुभएको छ । यस्तै लामिछाने ७६औँ स्थानमा रहनुभएको छ । नयाँ बरियता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend