अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान — OSNepal

अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान

LC (KTM) June 30, 2021 0

सिन्धुपाल्चोक, १६ असार – सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकाले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई नगदसहित सम्मान गरेको छ । अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका–९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र शर्मिला नेपालीलाई नगद पाँच÷पाँच हजारसहित नगरप्रमुख अमानसिं तामाङले सम्मान गर्नुभएको हो ।

नगरस्तरीय दलित समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा दलित समुदायबाट शहिद हुने गोरेबहादुर पुर्कोटी, मोहन विक र निरबहादुर विकको परिवारलाई पनि पाँच÷पाँच हजारसहित सम्मान गरिएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर