बिश्वकप फुटबल : स्विट्जरल्यान्डको बिजयी सुरुवात, उरुग्वे र दक्षिण कोरीयाबीचको खेल जारी — OSNepal

बिश्वकप फुटबल : स्विट्जरल्यान्डको बिजयी सुरुवात, उरुग्वे र दक्षिण कोरीयाबीचको खेल जारी

LC (KTM) November 24, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलमा स्विट्जरल्यान्डले विजयी सुरुआत गरेको छ । आज भएको खेलमा क्यामरुनलाई १-० गोलले हराउँदै स्विट्जरल्यान्डले सुखद सुरुआत गरेको हो । स्विट्जरल्यान्डको जितमा ब्रिल एम्बोलोले निर्णायक गोल गरे । क्यामरुनी मुलका एम्बोलोले खेलको ४८ औं मिनेटमा साकिरीको पासमा गोल गरेका थिए ।

आजको यो जितसँगै स्विट्जरल्यान्डले पहिलो खेलमा ३ अंक जोडेको छ । यसैबीच कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भईरहेको छ । एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा उरुग्वे र दक्षिण कोरियाले गोलरहित बराबरी खेलेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर