आलियाले बताइन् छोरीको नामको अर्थ — OSNepal

आलियाले बताइन् छोरीको नामको अर्थ

LC (KTM) November 25, 2022 0

एजेन्सी – आलिया भट्टले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक विशेष पोस्ट सेयर गरेकी छिन् । पोष्टमा आलियाले फ्यानहरूलाई आफ्नो सानो परीको पहिलो झलक पनि देखाएकी छिन् । आलियाको तस्बिरमा रणवीर र आलियाले आफ्नी राजकुमारीलाई काखमा समातेको देख्न सकिन्छ ।

तस्बिरमा दम्पतीकी छोरीको टाउको मात्र देखिन्छ । तस्बिर धमिलो छ, तर आलिया९रणवीरकी छोरीको पहिलो झलक पाएपछि फ्यानहरूको खुसीको सीमा रहेन।आलियाले आफ्नी छोरीको नामको अर्थ पनि फ्यानहरुलाई बताइन् । आलियाले पोस्टमा लेखेकी छिन् – राहा भनेको ईश्वरीय मार्ग हो ।

यसका साथै अभिनेत्रीले विभिन्न भाषामा छोरीको नामको अर्थ पनि बुझाएकी छिन् ।आलियाले थप लेखिन्– राहा उनको नाम जस्तै छ । हामीले यो सबै महसुस गर्यौं जब हामीले उहाँलाई पहिलो पटक समात्यौं। आलियाले आफ्नी छोरीलाई पनि आफ्नो जीवनमा आएकोमा धन्यवाद दिएकी छिन् ।

आलियाले लेखिन्( राहा, हाम्रो परिवारमा जीवन ल्याउनु भएकोमा धन्यवाद। हाम्रो जीवन भर्खरै सुरु भएको जस्तो लाग्छ। आलिया भट्टको पोस्टमा फ्यान र सेलिब्रेटीले जोडीलाई बधाई दिइरहेका छन् । आलिया रणवीरकी छोरीको नाम पनि फ्यानले मन पराइरहेका छन् । आलियाको पोस्टमा सेलेब्सले पनि आफ्नो मायाको वर्षा गरिरहेका छन् । आलियाको पोष्टमा अनुष्का शर्मा, सोनाक्षी सिन्हा, रिद्धिमा कपुरले हार्ट इमोजी बनाएर आफ्नो प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर