विबाह बन्धनमा बाधिँदै अभिनेता संयम र आश्मा — OSNepal

विबाह बन्धनमा बाधिँदै अभिनेता संयम र आश्मा

LC (KTM) November 25, 2022 0

काठमाडौं-अभिनेता संयम पुरी र अभिनेत्री आश्मा डीसी विवाह बन्धनमा बाँधिने भएका छन् । उनहिरु यहि मंसिर १६ गते विबाह बन्धनमा बाधिन लागेको बताइएको छ । विवाहको निम्तो कार्ड दुवै तर्फका आफन्त तथा साथीभाईको हातमा पुगिसकेको छ ।

करिब १० वर्षको प्रेम सम्बन्धमा रहेका यी दुई अन्तत लगनगाडोमा कसिन लागेका हुन् । आश्माले ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् भने संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् ।

सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट संयमले डेब्यु गरेका थिए । आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् भने यम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन् । विवाहकै लागि उनीहरु शुक्रबार अमेरिकाबाट नेपाल फर्किएका   छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर