पश्चिम नवलपरासीमा राप्रपाका प्रधान निर्वाचित — OSNepal

पश्चिम नवलपरासीमा राप्रपाका प्रधान निर्वाचित

LC (KTM) November 25, 2022 0

नवलपरासी- राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधानले ३४ हजार सात सय ५९ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।उहाँ निकटतम् प्रतद्विन्द्वी नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले १९ हजार पाँच सय ९४ मत ल्याउनुभएको छ ।

गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले)का दीपेन्द्रकुमार अधिकारीले १४ हजार चार सय ९८ मत ल्याउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

यो पनि:धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा- धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उहाँ ३३ हजार तीन सय ८८ मतसहित विजयी हुनुभएको छ ।

पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उहाँ तेस्रोपटक निर्वाचित हुनुभएको हो । ४६ वर्षीया महतो यसअघि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनुभएको थियो ।

तीन दशकदेखि राजनीतिमा क्रियाशील उहाँले संसदीय यात्रा भने विसं २०६४ बाट सुरु भयो । संविधानसभा सदस्य निर्वाचन २०६४ मा तत्कालीन एमालेबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएको थियो । संविधानसभा सदस्य निर्वाचन २०७० मा धनुषा–३ मा पराजित हुनुभएको थियो । २०७४ मा पुनः समानुपातिक सदस्य निर्वाचित हुनुभयो ।

जनकपुर उपमहानगरपालिका–९ की स्थायी बासिन्दा उहाँको राजनीतिक यात्रा अनेरास्ववियुबाट सुरु भएको हो । विसं २०४६ देखि २०४८ सम्म जनसेवा माविको सचिवको जिम्मेवारीमा रहनुभएकी उहाँले २०५२ मा विवाहपछि रघुवीर महासेठको प्रेरणाले राजनीतिमा लागेको बताउँदै आउनुभएको छ । एमालेको जिल्ला कमिटी सदस्य, राष्ट्रिय प्रतिनिधि परिष्द सदस्य र पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्य हुँदै २०७४ मा केन्द्रीय सदस्य बन्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर