झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित — OSNepal

झापा ४ को प्रदेशसभा (२) मा राप्रपाबाट सिटौला निर्वाचित

LC (KTM) November 25, 2022 0

झापा-झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला निर्वाचित हुनुभएको छ ।सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गर्नुभयो । झापा क्षेत्र नं ४ को (१) मा नेकपा (एमाले)का उम्मेदवार राधाकृष्ण खनाल निर्वाचित हुनुभएको छ ।

यो पनि:सप्तरी-४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार यादव विजयी-सप्तरी क्षेत्र नं ४ प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धकुमार सिंह यादव विजयी हुनुभएको छ । सहायक निर्वाचन अधिकृत वसन्तकुमार दासका अनुसार स्वतन्त्र उम्मेदवार यादवले नौ हजार ९८५ मत ल्याएर निर्वाचित हुनुभएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवले सात हजार ९२० मत प्राप्त गर्नुभयो । यस्तै जनमत पार्टीका केशरराज गुप्ताले भने पाँच हजार सात सय ७३ मत प्राप्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर