पाँच वर्षपछि बारा १ मा एमालेकाे 'कमब्याक' — OSNepal

पाँच वर्षपछि बारा १ मा एमालेकाे ‘कमब्याक’

LC (KTM) November 25, 2022 0

बारा, ९ मंसिर :बारा १ बाट प्रतिनिसिसभा सदस्यमा एमालेका उम्मेदवार अच्युतप्रसाद मैनाली निर्वाचित भएका छिन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेका मैनाली नाै हजार १३९ मतको फराकिलो मतान्तरले निर्वाचित भएका हुन् ।

मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सहमहामन्त्री तथा बहालवाला खानेपानी मन्त्रीसमेत रहेका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका छन् ।

मैनालीले गणनाको सुरुवातदेखि अग्रता लिएका थिए । मैनाली र चौधरीबीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएकाे थियाे । तर एमालेले राम्राे कमब्याक गर्‍याे । चौधरी नेपाल सरकारका खानेपानीमन्त्री र नेपाल कांग्रेसका सहमहामन्त्री हुन् ।

मैनाली एमालेको पोलिटव्युरो सदस्य एवं मधेस प्रदेश इन्चार्ज हुन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा मैनाली जनसम्पर्क सल्लाहकार थिए । ठूला पार्टीका यी दुई प्रभावशाली नेता २०७४ सालमा बारा १ बाट एकअर्काका प्रतिस्पर्धी थिए । उक्त निर्वाचनमा कांग्रेसका चौधरी दुई हजार ४२० मतले विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर