कपिलवस्तु–३ (२) मा राप्रपा विजयी – OSNepal

कपिलवस्तु–३ (२) मा राप्रपा विजयी

LC (KTM) November 25, 2022 0

कपिलवस्तु -कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ को प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जानकीप्रसाद यादव विजयी हुनुभएको छ । यादवले आठ हजार पाँच सय ८२ मत प्राप्त गरि निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिहीबार राति सकिएको मतगणनामा यादवले नेकपा एमालेका उम्मेदवार रजाउर्रहमान खाँलाई छ सय ७५ मतले पराजित गर्नुभएको हो ।

यादवले आठ हजार पाँच सय ८२ मत पाउँदा खाँले सात हजार नौ सय सात मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनमा ३५ हजार छ सय ३४ मत खसेकोमा दुई हजार ७० मत बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर