अब हाम्रो जागिर सकियो : म्यादी प्रहरी — OSNepal

अब हाम्रो जागिर सकियो : म्यादी प्रहरी

LC (KTM) November 25, 2022 0

गएको मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि भोजपुरमा खटिएका म्यादी प्रहरी । जिल्लामा खटिएका ८६० जना म्यादीलाई जिल्ला प्रहरी कार्यालयले प्रमाणपत्रसहित बिदाई गरिँदै ।

यो पनि : उदयपुर १ मा निरन्तर गठबन्धनको अग्रता:उदयपुर १ मा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । शुक्रवार बिहानसम्मको मतगणना परिणामअनुसार प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा। नारायण खड्काले १६ हजार ३०१ मत ल्याएका छन् । उनलाई एमालेकी मञ्जुकुमारी चौधरीले १४ हजार ५३१ मतले पछ्याएरहेकी छन् ।

३८ हजार ८९१ मत गनिसक्दासम्म खड्काले चौधरीभन्दा एक हजार ७७० मतले अग्रता कायम राखेका छन् । यहाँ कुल खसेको मत संख्या ७६ हजार ७ सय ५६ हो । प्रतिनिधि सभा सदस्य तर्फ यहाँ ३७ हजार ८६५ मत गन्न बाँकी छ ।

प्रदेश सभातर्फ ९क० मा माओवादीका राजन किरातीले १३ हजार ७३५ मत ल्याएका छन् । एमालेका कुशलबाबु बस्नेतले १२ हजार ४२४ मत पाएका छन् । ३५ हजार २५२ मत गणना गर्दासम्म किराती बस्नेतभन्दा १३ सय ११ मतले अघि रहेका छन् । प्रदेश सभा ९क० ३९ हजार ७१ मत खसेको थियो । अब त्यहाँ गर्न बाँकी तीन हजार ८१९ मत छ ।

त्यसैगरी ९ख० तर्फ कांग्रेसका हिमाल कार्कीले १३ हजार २५४ मत पाएका छन् भने एमालेका ईश्वरमणि राउतले १२ हजार ६७० मत प्राप्त गरेका छन् । ३२ हजार २५० मतको गणनामा कार्की पाँच सय ८४ मतले अघि छन् । प्रदेश सभा ९ख० मा ३७ हजार ६ सय ८५ मत खसेको थियो । अब गन्न पाँच हजार ४३५ मत बाँकी छ।

प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा परिणामले देखाउँदै छ । प्रतिनिधि सभामा खड्का र चौधरीबीचको कडा प्रतिस्पर्धाले यस्तो देखाएको हो । प्रदेशतर्फ पनि ९क० र ९ख० दुवैमा मतान्त्ररको अवस्था त्यही छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर