दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ — OSNepal

दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कारको आरोपमा १८ वर्षीय किशोर पक्राउ

LC (KTM) November 25, 2022 0

काठमाडौं, ९ मंसिर:दाङमा १४ वर्षीय किशोरीमाथि बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ती किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका १७ का १८ वर्षीय किशोरलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी गोग्लीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर