८९ वर्षीय सिंहको कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा ३५ वर्षीय टाइसन समातिए — OSNepal

८९ वर्षीय सिंहको कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा ३५ वर्षीय टाइसन समातिए

LC (KTM) November 25, 2022 0

काठमाडौं, ९ मंसिर :कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । मकवानपुरको थाहा नगरपालिका ( १२ गैरीगाउँ बस्ने ८९ वर्षीय आइत सिंह स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाइसन गोलेलाई बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

एक आपसमा विवाद हुँदा टाइसनले कोदालोको बिडले हान्दा स्याङ्तान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाइसनलाई पक्राउ गरेको हो । यससम्बन्धमा थप अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर