करोडौँ पारिश्रमिक लिँदै आएका कपिलले फेरी पारिश्रमिक बढाएर शो सुरु गर्दै, बढेको तलव कति होला कपिलको ? — OSNepal

करोडौँ पारिश्रमिक लिँदै आएका कपिलले फेरी पारिश्रमिक बढाएर शो सुरु गर्दै, बढेको तलव कति होला कपिलको ?

LC (KTM) July 01, 2021 0

सबैलाई हसाँउन सफल कमेडियन कपिल शर्माको शो द कपिल शर्मा शो चाँडै आउने भएको छ । कोरोना महामारीका कारण यस शो को प्रशारण रोकीएको थियो । फ्यानहरुको एकदमै मन जित्न सफल शो आउने भएपछि सबै उत्साहित बनेका छन् । यसैबीच खबर यस्तो आएको छ कि कमेडियन कपिल शर्माले आफ्नो फी समेत बढाएका छन् ।

भारतीय संचारमाध्यमहरुका अनुसार कमेडियन कपिल शर्माले आफ्नो पारश्रमिक समेत बढाएका छन् । द कपिल शर्मा शो लाई लिएर उनले एकदमै हाईरेटमा आफ्नो पारश्रमिक बढाएका हुन् । उनले अब आउने एउटा शो अर्थात एक हप्ताको १ करोड रुपैया चार्ज गर्ने भएका छन् । यसअघि कपिल शर्माले हरेक एपिसोडको ३० लाख रुपैया लिदै आईरहेका थिए ।

अब कपिल शर्माले आफ्नो फि बढाएका छन् । उनले एक एपिसोड बराबर ५० लाख रुपैया लिने छन् । हालै आफ्नो पारश्रमिक बढाएको बिषयमा कपिलबाट कुनै आधिकारीक जानकारी भने आइसकेको छैन । प्राप्त जानकारी अनुसार कपिलको यस शो का को–स्टार्सहरुले समेत आफ्नो फिस बढाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर