राहुल र एलिसाको ‘ठ्याक्क ठ्याक्क — OSNepal

राहुल र एलिसाको ‘ठ्याक्क ठ्याक्क

LC (KTM) November 25, 2022 0

गायिका अन्जु पन्त र गायक टिका बोमजमको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । नेपमेलो नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा रवि मान सिंह बस्न्यातको शब्द, टिका बोमजको संगीत छ ।

यो गीतको भिडियोलाई डान्सिङ नम्बरमा तयार पारिएको छ । गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशन राहुल शाहको छ । भिडियोमा राहुल शाह र मोडल एलिसा राइले मोडलिङ गरेका छन् । गीतको भिडियोमा दुबैको डान्स जमेको छ ।

पवन सुस्लिङले यो भिडियोको छायांकन गरेका हुन् । यो गीत र भिडियोले दर्शकलाई छमछमी नचाउने विश्वास राहुल र एलिसाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर