जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट यि ५ खेलाडी सहभागी हुने — OSNepal

जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट यि ५ खेलाडी सहभागी हुने

LC (KTM) July 01, 2021 0

काठमाडौं-जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने भएका छन् । सहभागी हुने खेलाडीमा पौडीका गौरीका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट रहेका छन् । ओलम्पिक तयारीका लागि आईओसीले सन् २०१९ को मे महिनादेखि ७ खेलका १२ खेलाडीलाई ओलम्पिक छात्रवृत्ति दिएको थियो ।सोही अन्तर्गत प्रशिक्षण गर्न र प्रतियोगिता खेल्न खेलाडीले मासिक ५ सय डलर छात्रवृत्ति प्राप्त गर्दै आएका थिए ।

सुटिङकी कल्पना र जुडोकी सोनियाले वाइल्र्ड कार्डमार्फत ओलम्पिकमा सहभागीता जनाउन लागेका हुन् ।नेपाल एथ्लेटिक्स संघले खेलाडीको नाम सिफारिस नगरेका कारण गोपीचन्द्र पार्कीले यस छात्रवृत्ति प्राप्त गर्न सकेनन् ।

उनी आफ्नै खर्चमा ओलम्पिकको तयारी गरिरहेका छन् । नेपाल एथ्लेटिक्स संघले खेलाडीको नाम सिफारिस नगरेका कारण गोपीचन्द्र पार्कीले यस छात्रवृत्ति प्राप्त गर्न सकेनन् ।उनी आफ्नै खर्चमा ओलम्पिकको तयारी गरिरहेका छन् । यस वर्षको ओलम्पिक जापानको टोकियोमा जुलाई २३ बाट अगष्ट ८ सम्म सञ्चालन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर