• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

साउन १ गतेदेखि परीक्षणकालीन सवारी अनुमतिपत्र

साउन १ गतेदेखि परीक्षणकालीन सवारी अनुमतिपत्र


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • २:१८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.2K
    SHARES

    यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चालकलाई साउन १ गतेदेखि परीक्षणकालीन अनुमतिपत्र दिने भएको छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले लाइसेन्स परीक्षा पास गरेपछि १ वर्षको परीक्षणकालीन लाइसेन्स दिनुपर्ने व्यवस्था गरेको छ । विभागले ऐन बनेको २९ वर्षपछि उक्त व्यवस्था गर्न लागेको हो ।

    विभागले गत वैशाख पहिलो साता नै जेठ १ गतेदेखि नै परीक्षणकालीन लाइसेन्स दिने निर्णय गरेर त्यसअनुसार तयारी गरे पनि निषेधाज्ञाका कारण जेठबाट उक्त व्यवस्था लागू गर्न सकेको थिएन ।‘चालकको सहजताका लागि ऐनअनुसार प्रयोगात्मक लाइसेन्स दिन लागेका हौं,’ विभागका महानिर्देशक नवराज घिमिरेले बताए ।यो समाचारआर्थिक अभियानदैनिकमा छ ।

    उनका अनुसार परीक्षणकालीन लाइसेन्सको अवधि १ वर्ष हुनेमा यस अवधिमा पाँचपटकसम्म कारबाहीमा परे फेरि शुरूदेखि परीक्षा दिनुपर्ने हुन्छ ।परीक्षणकालीन लाइसेन्स नक्कली नबनोस् भनेर यसमा क्यूआर कोर्ड राखिएको छ । त्यसलाई सजिलै ट्राफिकले जाँच गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend