मोडल विमल अधिकारीले ल्याए 'ए होर माया' — OSNepal

मोडल विमल अधिकारीले ल्याए ‘ए होर माया’

LC (KTM) November 27, 2022 0

काठमाडौं-गायक हिमाल सागरले आफ्नो नयाँ गीत ए होर माया…दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् ।यो गीतको भिडियोलाई भावना म्युजिक सेलुसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको भिडियो उनले बिहिबार रिलिज गरेका हुन् । रिलिज भएको दोश्रो दिनमै दिनले तीन लाख भ्युज पाएको छ ।

यो गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय लजालु मायाँलुं…गीतबाट निकै भाइरल भएकी अनु चौधरीले गीत गीतमा हिमाल सागरलाई स्वरमा साथ दिएकी छिन् ।

यो गीतलाई मोडल विमल अधिकारीले लेखेका हुन् । गीतमा संगीत पनि विमलले नै सृजना गरेका हुन् । जसमा संगीत संयोजन कमल सौरागको छ । यो गीतको भिडियोमा विमल अधिकारीसँगै सनिशा भट्टराईले अभिनय गरेका छन् ।

यो गीतको भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका हुन् । जसमा विकाश ज्ञवालीको सम्पादन छ । भिडियोको निर्देशन र कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर