रेश्मा सुनुवारको गीतमा शंकर बिसी र कबिताको रोमान्स (भिडियो) — OSNepal

रेश्मा सुनुवारको गीतमा शंकर बिसी र कबिताको रोमान्स (भिडियो)

LC (KTM) July 01, 2021 0

काठमाडौं- नेपाली लोक गीतको बजारमा संधै नयाँ-नयाँ लोक खुराक दीईरहन माहिर मानिएका गायक अभय ढुंगेलले पछिल्लो समय फरक स्वादको गीत आफ्ना दर्शक श्रोता माझ पेश गरेका छन्।आर्टिस्ट नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको नयाँ गीत ”मार्यो-मार्यो” फरक स्वाद रहेको र आम दर्शक श्रोताले मन पराउने गायक अभय ढुंगेल बताउछन् । अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको यो गीतलाई गायक अभय ढुंगेलले नै शब्द लेखेका हुन् भने संगीत पनि उनकै रहेको छ ।

बाबु प्रधानको संगीत संयोजन रहेको गीत मिक्सिङको कार्य भने महेश्वरमान राजभण्डारीले गरेका छन् । शंकर बिसिको निर्देशन साथै कोरियोग्राफी रहेको भिडियोलाई, शंकर बिसी र कबिता न्यौपानेले दमदार बनाएका छन्।

अमेरिका बसाइको क्रममा समय समयमा आफ्ना सिर्जना सार्वजनिक गर्ने गरेका गीतकार,संगीतकार,गायक अभय ढुंगेलले गीति लेखनको निरन्तरतामा अर्को नयाँ प्रयास स्वरूपको गीत ”मार्यो-मार्यो” सार्वजनिक गरेका हुन् । कोरोना महामारीले गर्दा मानिसहरु थुनिनु परेको अवस्थामा गीतकार ढुंगेलले, शब्द सिर्जनामार्फत आफूलाई सक्रिय बनाएका हुन् ।हेरौं भिडियो-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर