अमिनीको मृत्युपछि देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोपमा र्‍यापरको परिवार जोखिममा — OSNepal

अमिनीको मृत्युपछि देशव्यापी प्रदर्शनलाई समर्थन गरेको आरोपमा र्‍यापरको परिवार जोखिममा

LC (KTM) November 27, 2022 0

तेहरान–इरानमा महसा अमिनीको मृत्युपछि देशव्यापी भड्किएको विरोधमा प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका एक जना ¥यापरको परिवारले उनको ज्यान जोखिममा रहेको बताएको छ ।महिलाका लागि कडा ड्रेस कोड उल्लंघन गरेको आरोपमा सेप्टेम्बर १६ मा राजधानी तेहरानमा गिरफ्तार परेकी अमिनीको केही दिनपछि हिरासतमै मृत्यु भएको थियो । उनको मृत्युपछि इरानभर प्रदर्शन चर्किएको थियो ।

इरानको ¥याप दृश्यमा चर्चित तुमाज सालेहीलाई गत महिनाको अन्त्यमा सरकारको आलोचना र विरोध प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका थिए । उनको जीवन गम्भीर जोखिममा रहेको उनको परिवारले ट्वीटमार्फत जानकारी दिएको छ ।

अमिनीको मृत्युपछि फैलिएको प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी पक्राउ परेका छन् । सयौँमाथि मुद्दा लगाइएको छ । प्रदर्शनकारीलाई झट्टा आरोप लगाइएको अधिकारबादीहरूले जनाएका छन् ।इरान प्रदर्शनमा अहिलेसम्म ३२६ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर