चलचित्र हुदै अष्ट्रेलियाको राजनितिक यात्रा सम्म परिचित थपलिया — OSNepal

चलचित्र हुदै अष्ट्रेलियाको राजनितिक यात्रा सम्म परिचित थपलिया

LC (KTM) November 27, 2022 0

रेडियो , चलचित्र , अष्ट्रेलियन राजनिती हुदै सामाजसेवामा परिचित नाम हो उत्सब प्रसाद थपलिया । बिभिन्न क्षेत्रमा अनुभव समेट्दै हाल समाजसेवाको बाटोमा अग्रसर सक्रिय ब्यक्ति हुन् थपलिया । सन् २०१३ मा साथि संग मनका कुराको रेडियो कार्यक्रममा बाल रिपोर्टर हुदै उनले आफ्नो संघर्षपुर्ण यात्रा सुरु गरेका थिए। ईकवेल एक्सेस र युनिसेफ नेपालको प्रयोजनमा सामुदायिक क्लबहरु संग मिलेर प्रजनन स्वस्थ्य सम्बन्धि थुप्रै जिल्लामा सचेतना कर्यक्त्रम संगसंगै छोटा चलचित्रहरु मा पनि उनले काम गर्ने अवसर पाएका थिए ।

चलचित्र यात्रा

सन् २०१५ अर्थात आज भन्दा करिब ७ बर्ष अघि एउटा बिसयले खुबै चर्चा पाएको थियो । त्यो चर्चा भनेको १९ बर्षको उमेरको देशकै कान्छो निर्देशकले चलचित्र बनाउने । सौरभ बिस्ट भन्दा एक बर्ष अघि प्रेस मिट भयो । त्यसले एकदमै चर्चा समेत पायो । तर दुर्भाग्य यो कार्य बर्ष दिनलाई रोकियो । निर्माताले यस काम बाट आफ्नो हात झिके । त्यसपछि आफ्नो इज्जत जोगाउनै भए पनि उनको लेखकले लगानी खोज्न थाले । नभन्दै एउटा गज्जबको टिम पनि बन्यो । अर्को १ वर्ष लगाएर काम सक्कियो । यो चलचित्र फ्लप भयो । तर यसले संघर्ष गर्न र मानसिक प्रेसर नियन्त्रण गर्न सिकायो ।

अष्ट्रेलियाको यात्रा, राजनितिक जिवन र समाजसेवा

सन् २०१७ मा अन्तरास्ट्रिय प्रयोजनको संस्था संग सहकार्य गरेर काम गर्दै अमेरिकाबाट आउनु भएको श्रीजना उप्रेती संग थपलियाको भेट भयो । यसै दौरानमा कार्यक्रम लिएर गाउँ गाउँ डुल्दा उनीहरुको नजर तुइनमा पुग्यो । यो त्यतिबेला खुबै चर्चामा आइरहेको बिषय थियो। त्यहि बिषयमा एउटा डकु( ड्रामा बनाउने योजना बन्यो। थोरै लगानीमा चलचित्र सकियो । चलचित्रले बिदेशी च्यारिटी र फिल्म फेस्टिभलबाट औसत रुपले आफ्नो लगानी अनि सुरक्षितनै गर्यो । त्यस पछि केहि समय नया चलचित्र निर्माणमा जुट्दै गर्दा उनको अस्ट्रेलिया बिस्वबिद्यालयमा पढन भिसा लाग्यो अनि सोहि अनुरुप उनि अस्ट्रेलिया पुगे ।

पढ्दै गर्दा उनको भेट एक जना मलेसियन अस्ट्रेलियन साथि संग भयो । उनि अस्ट्रेलियन लेबर पार्टीको निर्वाचन प्रचार बिभागमा काम गरिरहेकी थिईन् । उनि संगैको निकटताले उनलाई पनि कैयौ राजनीतिक कार्यक्रममा सहभागी हुने अवसर प्रदान भयो । उनलाई पनि अस्ट्रेलियन राजनीतिमा ईच्छा जाग्न थाल्यो । उनै साथीको सहयोगमा पश्चिम अस्ट्रेलियाकि संसद इमिली ह्यामिल्टन संग धेरै नै नजिक भए ।

उनी संगै केहि समय काम गर्ने मौका मिल्यो। उनको सहयोगमा थपलिया पार्टी सदस्य पनि भए। त्यहि समय पश्चिम अस्ट्रेलियामा राज्य चुनाब घोषणा भयो। उनि उनै ह्यामिल्टन र भारतीय मूलका अस्ट्रेलियन यज मुबरकाइको चुनाब प्रचार प्रसार बिभागमा पर्न सफल भए अनि सहयोग गर्न थाले । उनको पुरानो सिप काम लग्यो, यो चुनाबमा ह्यामिल्टन र मुबरकाइको भिडियोहरु बनाउने र सोसल मेडिया ह्यान्डल गर्थे। नतिजा आयो दोस्रो कार्यकाललाइ ह्यामिल्टन र मुबरकाइले संसद जिते त्यस्पछि उनको कनेक्सन झनै बढ्दै गयो।

अस्रेलियन लेबर पार्टी ९पश्चिम अस्ट्रेलिया० युवा संघको सदस्य भए र पार्टीगत आन्तरिक चुनाबबाट उनि संसद यज मुबरकाइको क्षेत्रको उपाध्यक्ष भए। त्यहि बेला कोभिड धेरै भएको समय थियो । सबैले आफ्नो आफ्नो ठाउँ बाट नेपालमा सहयोग पठाउदै थिए । त्यहि समयमा पश्चिम अस्ट्रेलिया सरकार संग उनले लबिङ गरेर १। ८ मिलियन डलरको स्वास्थ्य सामग्री नेपाल पठाएका थिए ।

उनि हालसालै सम्पन्न संघीय चुनाबमा संघिय चुनाब रणनीति बिभागमा थिए उनि पहिलो पल्ट संघीय चुनाबमा उठेका मलेसियन मूलका अस्ट्रेलियन स्याम लिमको टिममा थिए। ३०० दिनको चुनाबी रणनीति र प्रचार प्रसारले लिबरलको पक्कड ठाउबाट अस्ट्रेलियन लेबर पार्टीले जित्यो। उनि त्यहि समय अस्ट्रेलियन लेबर पार्टीको तर्फ बाट निर्वाचन छानबिनकर्ता पनि चुनिएका थिए । उनि अहिले अस्ट्रेलियन लेबर पार्टी ९पश्चिम अस्ट्रेलिया०को बहुसांस्कृतिक संस्था महासचिब हुन्।

त्यो संगै अस्ट्रेलियन समाज सेवा पनि सक्रिय छन्, उनि अस्ट्रेलिया मा द स्टोरिज प्रोजेक्ट नामको संस्थाका सह(संस्थापक हुन्। यस संस्था ले अपाङ्गता भएका र बहुसांस्कृतिक व्यक्तिहरूलाई राजनीतिक, आर्थिक र नागरिक सहभागितामा सहयोग गर्छ। उनको यो कामले गर्दा उनि पचिम अस्ट्रेलियाली सरकारले प्रदान गर्ने बहुसांस्कृतिक उत्कृष्ट बर्ष व्यक्तिमा मनोनित भएका थिए ।

त्यस्तै अस्ट्रेलियाको ठुलो प्राइभेट टेलिभिजन कम्पनीले आयोजन गर्ने युवा पुरस्कारको लागि पनि मनोनित भएका थिए। यो संस्था बाहेक व्यक्तिगत रुपमा ३ जना नेपाली बिद्यार्थीलाई  प्लस २ सम्म छात्रबृति दिरहेका छन् भने तेस्रो लिंगी महिला पुरुषमा आइपर्ने इमर्जेन्सी स्वास्थ्यमा पनि केहि सहयोग गरिरहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर