रुसको खेरसन ओब्लास्टमा ५४ पटक गोली प्रहार, एक जनाको मृत्यु — OSNepal

रुसको खेरसन ओब्लास्टमा ५४ पटक गोली प्रहार, एक जनाको मृत्यु

LC (KTM) November 27, 2022 0

खेरसन ओब्लास्टका गभर्नर यारोस्लाभ यानुशेभिचले नोभेम्बर २७ मा रूसी सेनाले यस क्षेत्रमा विगतका दिनमा ५४ पटक सम्म गोलाबारी गरेको र एक व्यक्तिको मृत्यु भएको बताएको छ । त्यस्तै उक्त घटनामा एक बच्चा सहित दुई जना घाइते भएका छन् ।

यानुशेभिचले भने कि रुसी सेनाले जानजान नागरिक पूर्वाधार र नागरिकहरू माति आक्रमण गरेको बताएको छ । रूसीहरूले निजी भवन, अपार्टमेन्ट भवनहरू तथा सार्वजनिक विद्यालयहरूलाइ समेत निशाना बनाएका छन् । त्यस्तै खेरसन क्षेत्रमा आवासीय भवन, ग्यारेज र एउटा शैक्षिक संस्थामा आगलागी गरिएको छ ।

त्यस्तै त्यहाँ नजिकैका आठ गाउँहरू आगोको चपेटामा परेका छन्। रुसी सेनाहरूले रणनीतिकरूपमा मानव वस्ती भएका क्षेत्रलाई निशाना बनाई आक्रमणलाई तीव्रता दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर