मंगल ग्रहमा नासाको यान गएको आजको दिन यसकारण छ खास — OSNepal

मंगल ग्रहमा नासाको यान गएको आजको दिन यसकारण छ खास

LC (KTM) November 28, 2022 0

आज सन् २०२२ को २८  नोभेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण सामाजिक तथा राजनीतिक घटनाक्रम ः

गणतन्त्र दक्षिण ओसेटिया घोषणा

सन् १९९१ मा जर्जियाको विवादास्पद क्षेत्र ओसिटियाले आफूलाई गणतन्त्र दक्षिण ओसेटिया घोषणा गरेको थियो । ओसेटियाको स्वतन्त्रतालाई जर्जियाले मान्यता नदिएपछि दक्षिण ओसेटियामा युद्ध भएको थियो । रसिया भेनेजुएलालगायात केही देशहरुले मात्र ओसेटियालाई सार्वभौम देशको मान्यता दिएका छन् ।

पूर्वी टिमोर स्वतन्त्रत

सन् १९७५ मा पूर्वी टिमोर स्वतन्त्र भएको थियो । पूर्वी टिमोर लामाो समयदेखि पोर्चुगलको अधिनमा थियो ।

मंगल ग्रहमा नासाको यान

सन १९६४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगलग्रहमा म्यारिनर ४ नामक यान पठाएको थियो । मंगल ग्रहबाट तस्बिर खिचेर पृथ्वीमा पठाउने पहिलो यान हो ।

तेहरानबारे सम्मेलन

सन् १९४३ मा अमेरिका, बेलायत, सोभियत युनियनबीच इरानको राजधानी तेहरानस्थित सोभियत दुतावासमा तेहरान सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनले युरोप र एशियासँग कसरी कूटनीतिक कदम चाल्ने भन्ने बारेमा छलफल भएको थियो । सम्मेलनमा दोस्रो विश्वयुद्धको समयमा जर्मनविरुद्ध दोस्रो मोर्चा बनाउने बारेमा योजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर