हिजाब नलगाएकी महिलालाई सेवा दिएको आरोपमा बर्खास्तगीमा परे बैंक प्रबन्धक — OSNepal

हिजाब नलगाएकी महिलालाई सेवा दिएको आरोपमा बर्खास्तगीमा परे बैंक प्रबन्धक

LC (KTM) November 28, 2022 0

तेहरान, १२ मंसिर: बैंक हिजाब नलगाएकी महिलालाई बैंकिङ सेवा दिए बापत एक इरानी बैंक प्रबन्धकलाई बर्खास्त गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राजधानी तेहरान नजिकको कोम प्रान्तमा एक बैंक प्रबन्धकले ‘बिहीबार एक अनावरण महिलालाई बैंक सेवाहरू उपलब्ध गराएको थियो ।’

उनलाई गभर्नरको आदेशले पदबाट हटाइयो’ डेपुटी गभर्नर अहमद हाजिजादेहलाई उद्धृत गर्दै मेहर समाचार संस्थाले जनाएको छ ।

इरानमा अधिकांश बैंकहरू राज्य–नियन्त्रित छन् र हिजाब कानून लागू गर्ने त्यस्ता संस्थाहरूमा व्यवस्थापकहरू जिम्मेवारी रहेको हाजिजादेहले बताए ।

८ करोडभन्दा बढी जनसंख्या भएको देशमा महिलाहरूले आफ्नो टाउको, घाँटी र कपाल छोप्न त्यहाँको नैतिकतासम्बन्धी प्रहरीले अनिवार्य गराएको छ । सेप्टेम्बरमा एक युवतीले हिजाब नलगाएको भन्दै त्यहाँको नैतिकतासम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको हिरासतमै मृत्यु भएपछि देशभर हिजाबविरोधी प्रदर्शन चर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर