केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोला फेरि बढ्यो — OSNepal

केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोला फेरि बढ्यो

LC (KTM) July 01, 2021 0

सिन्धुपाल्चोक, १७ असार – निरन्तरको बर्षाले मेलम्ची खोलाको बहाव बढेको छ । केही दिन अघिमात्र बितण्डा मच्चाएको मेलम्ची खोलाले फेरि पनि स्थानीयलाई त्रसित बनाएको छ । १६ गते दिउँसोदेखि निरन्तर परेको पानीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिम बनाएको भन्दै सतर्क रहन प्रहरीले आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तटिय क्षेत्रहरुमा अझै बाढी आउन सक्ने भएकाले सुरक्षित स्थानमा गएर बस्न आग्रह गरेको छ ।

असार १ गते र ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमिनहरुसमेत अहिलेको बर्षाले कटान गरिरहेको मेलम्ची¬ वडा नं ११ का स्थानीय वासी दशरथ दनुवारले जानकारी दिनुभयो । खोलाको मात्रा बढिरहेको छ । अस्ति बचेको घर पनि लैजाने भो ज्यान जोगाउन मुस्किल छ दनुवारले भन्नुभयो । तस्वीर ः देवराज सुवेदी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर