भारतको राजस्थानमा जंगली सुँगुरको आतंक , आक्रमणमा परि ६ जना घाइते, प्रहरीले सर्च अभियाननै चलाउनु पर्यो — OSNepal

भारतको राजस्थानमा जंगली सुँगुरको आतंक , आक्रमणमा परि ६ जना घाइते, प्रहरीले सर्च अभियाननै चलाउनु पर्यो

LC (KTM) November 28, 2022 0

राजस्थानको बारमेरमा गएराति एउटा जंगली सुँगुर अर्थात बँदेल घनाबस्ती भएको क्षेत्रमा प्रवेश गरेर बितण्डता मच्चाएको छ । बँदेलले आक्रमण गरी आधा दर्जनभन्दा बढीलाई घाइते बनाएको छ । बँदेलले केहीको हात खुट्टामा चोट पुर्याएको छ भने एक वृद्धलाई शरीरका बिभिन्न भागमा टोकेको छ ।

घटनापछि घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको उपचार भइरहेको छ । यो घटनापछि स्थानीयमा त्रासको वातावरण छ । जानकारीका अनुसार बृद्ध घनश्याम त्रिवेदी बारमेर सहरको वडा नम्बर एक सरदारपुरामा रातिको खाना खाएर इलाकामा घुम्न निस्किएका थिए । त्यही क्रममा बँदेलले वृद्धलाई आक्रमण गरेको थियो ।

छिमेकीले वृद्धलाई उद्धार गरी घाइते अवस्थामा अस्पताल पुर्याएका थिए । यसपछि सुँगुर नजिकैको रेलवे इनार नम्बर तीन क्षेत्रमा पुग्यो । त्यहाँ घर जाँदै गरेका युवकलाई पनि बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । उक्त बँदेल घरपालुवा बँदेलभन्दा फरक रहेको स्थानीयले बताएका छन् । बँदेलले दुई फरक क्षेत्रमा आक्रमण गरी आधा दर्जन मानिसलाई घाइते बनाएको छ ।

यो घटनापछि जनतामा त्रासको वातावरण छ र प्रशासनलाई पनि यस विषयमा जानकारी गराइएको छ । जङ्गली बँदेलको आक्रमणको सूचना प्रशासनले पाएलगत्तै प्रहरी र नगर परिषद्को टोलीले राति अबेरसम्म गस्ती गरी बँदेलको खोजी सुरु गरेको थियो । डरका कारण स्थानीयहरु घरभित्रै बसेका छन् । राति अबेरसम्म चलेको खोजी कार्यमा नगरपालिकाको टोलीले बँदेल समात्न सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर