द भ्वाइसको अन्तिम ८ मा नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला, क्यानडेली गायिका काराले दिइन् बधाइ — OSNepal

द भ्वाइसको अन्तिम ८ मा नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला, क्यानडेली गायिका काराले दिइन् बधाइ

LC (KTM) November 30, 2022 0

काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठमा प्रवेश गर्न सफल भएकी छन् ।

बुधबार बिहान भएको एपिसोडबाट दुई जना बाहिरिएपछि परिजिता अन्तिम आठमा पुग्न सफल भएकी हुन् । यो एपिसोडमा उनले एलेसिया काराको गीत ‘स्कार्स टु योर ब्यूटीफुल’ गाएकी थिइन् । यो गीत गाएपछि क्यानडेली गायिका काराले इन्स्टाग्राम सन्देशमार्फत बधाई दिएकी छन् । काराले परिजितालाई उक्त सन्देशमा बधाई तथा शुभकामना भनेकी छन् ।

यसो त परिजितालाई विश्वभरबाट बधाइ तवा जितका लागि शुभकामनाको ओइरो नै लागेको छ । प्रबल गुरुङ, निक जोनस, प्रियंका चोपडा लगायतका विश्व सेलिब्रिटीले परिजितालाई जिताउन आग्रह गर्दै भोट मागिसकेका छन् । आफूलाई सक्दो भोट गर्न उनले अपील गर्दे परिजिताले आगामी प्रतिस्पर्धा पक्कै कठिन हुने भए पनि आफू उत्साहित रहेको उल्लेख गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर