बेलायत पढ्न गएका २३ वर्षीय नेपाली विद्यार्थी सुलभलाई झुटो आरोप लगाएर थुनियो — OSNepal

बेलायत पढ्न गएका २३ वर्षीय नेपाली विद्यार्थी सुलभलाई झुटो आरोप लगाएर थुनियो

LC (KTM) November 30, 2022 0

काठमाडौं । चाहिनेजती सबै प्रकृया पूरा गरेर बेलायत पढ्न गएका नेपाली बिद्यार्थीलाई झुटो आरोप लगाएर धुनामा पठाएपछि उनको पढाइमा गम्भिर असर परेको छ ।

२३ वर्षीय नेपाली विद्यार्थी सुलभ खड्काले आफूलाई अक्टोबरमा म्यानचेस्टर एयरपोर्टमा अवतरण गरेपछि नक्कली विद्यार्थी भएको आरोप लगाउँदै १२ दिनसम्म हिरासतमा राखिएपछि उनी विश्वविद्यालयमा हाजिर हुन ढिलो भयो र पढ्न पनि पाएनन् । नेपालमा उनको बैंकको पत्रमा सानो हिज्जे त्रुटि रहेको कारण देखाउँदै सुरषाकर्मीले उनलाई नक्कली विद्यार्थी भएको आरोप लगाउँदै नियन्त्रणमा लियो ।

१६ घन्टाको लामो यात्रा गरेका सुलभलाई आफ्नो योग्यताको प्रमाणपत्र दिने परीक्षा निकायको नाम पनि सोधियो तर उनलाई थाहा भएन । उनलाई पछि स्कटल्याण्डको आप्रवासी हटाउने केन्द्रमा सारिएको थियो र उनलाई देश निकाला गरिने बताइएको थियो।

विश्वविद्यालयको भर्ना कार्यालयले त्यो कोर्सका लागि उनको सिट रहेको प्रमाणित गर्ने कागजातहरू उपलब्ध गराएपछि र खड्कालेले दाबी गरेअनुसार पाठ्यक्रम शुल्क तिरेको पुष्टि गरेपछि पनि उनलाई थप १० दिन थुनामा राखिएको थियो। अन्तिम समयमा आएर उनलाई गृह कार्यालय द्वारा रिहा गरेता पनि उनले आफ्नो विश्वविद्यालयमा भर्ना हुने अवसर भने गुमाए ।

हिरासतमा परेको, देश निकालाको धम्की र पढाइबाट रोकिएको अनुभव आफ्नो परिवारमा पहिलो विदेश पढ्न गएका खड्काका लागि दर्दनाक बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर