यी मोडल हुन् फिफा विश्वकपको अहिले सम्मकै सबैभन्दा सुन्दर फ्यान , आखिर किन भईन एक्कासी बेपत्ता ? — OSNepal

यी मोडल हुन् फिफा विश्वकपको अहिले सम्मकै सबैभन्दा सुन्दर फ्यान , आखिर किन भईन एक्कासी बेपत्ता ?

LC (KTM) November 30, 2022 0

पूर्व मोडल तथा एडल्ट स्टार, जसलाई कुनै समय फिफा विश्वकप फ्यानको रुपमा चिनिन्छ । अहिले अन्धकारको जीवन बिताइरहेकि छिन् । यो वर्ष उनले यो प्रतियोगिताबाट टाढै बसेको विश्वास गरिन्छ । उनी अहिलेसम्म कतारमा देखिएकि छैनन् । यी मोडल इंग्लिस फुटबल क्लब चेल्सीलाई सपोर्ट गरेको कारण पनि चर्चामा आएकी थिइन् ।

यी मोडलको नाम मारिया लिमन हो । उनी ४ वर्षअघि २०१८ फिफा विश्वकपमा पहिलो पटक चर्चामा आएकी थिइन् । २०१८ फिफा विश्वकप रूसमा आयोजित भएको थियो। उनी घरेलु मैदानमा आफ्नो देशलाई समर्थन गरेको देखिएकी थिइन् । मारियाले प्रतियोगिताभर आफ्नो राष्ट्रिय टोलीलाई फलो गरिन्।

रुसी टोलीले अन्तिम १६ को खेलमा स्पेनलाई हराएपछि मारियाले बोल्ड फोटो शेयर गरेर फ्यानहरूलाई पागल बनाएकी थिइन्। विश्वकप सकिएपछि उनी सन् २०१९ मा बेलायत गएकी थिइन् । उनले इंग्लिस क्लब चेल्सीलाई समर्थन गर्न थालेकी थिइन् उनी पश्चिम लन्डनमा रहेको क्लबको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा नियमित रूपमा टोलीलाई समर्थन गरिरहेको देखिएकी थिइन्।

यस क्रममा पूर्व मोडल र एडल्ट स्टार मारियाले क्लबको मैदानमा धेरै ग्लैमरस तस्बिरहरू क्लिक गरिन् र इन्स्टाग्राममा पनि सेयर गरिन् । पछिल्लो पटक उनी २४ जनवरीमा चेल्सीलाई समर्थन गर्दै इन्स्टाग्राममा देखिएकी थिइन् । सन् २०२२ अघि इन्स्टाग्राममा निकै सक्रिय रहेकी मारिया अब यो प्लेटफर्ममा पटक्कै सक्रिय छैनन् ।

उनले अन्तिम पोस्ट २४ फेब्रुअरीमा गरेको देखिन्छ । जसमा उनी युक्रेन र रुसबीच भाइचाराको सन्देश दिँदै आएकी थिइन् । यो वर्षको सुरुमा रुसले युक्रेनमा हमला गरेको थियो । अहिलेसम्म दुई देशबीच द्वन्द्व चलिरहेको छ । मार्च २०२२ मा, मारियाले पुटिनलाई युद्ध रोक्न अनुरोध गरेकि थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर