कोइला खानीमा पुरिएर ९ मजदुरको मृत्यु — OSNepal

कोइला खानीमा पुरिएर ९ मजदुरको मृत्यु

LC (KTM) December 01, 2022 0

इस्लामाबाद, १५ मंसिर:उत्तरपश्चिम पाकिस्तानको ओराकजाई जिल्लामा एउटा कोइला खानीमा कम्तीमा ९ कामदारको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् । दुर्घटनाको समयमा खानीमा १३ जना कामदार थिए । नौ जनाको शव निकालिएको सो क्षेत्रका उपायुक्त अदनान फरीदले बताए ।

खानीभित्र केही मजदुर फसेको अनुमान गरिएको छ । घटना लगत्तै उद्दारकर्मीको टोली उक्त क्षेत्रमा पुगेको थियो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर