यि निर्देशकको प्रेममा चुर्लुम्म छिन् करिना कपुरकी सौतेनी छोरी सारा — OSNepal

यि निर्देशकको प्रेममा चुर्लुम्म छिन् करिना कपुरकी सौतेनी छोरी सारा

LC (KTM) July 01, 2021 0

काठमाडौं- बलिउडमा पछिल्लो समय विभिन्न कारण चर्चामा आउने नायिका हुन् सारा अली खान व्यावसायिक जीवनसँगै व्यक्तिगत जीवनका कारण चर्चामा आइरहने सारा पछिल्लो समय प्रेमका कारण चर्चामा आएकी छन् । अभिनेता कार्तिक आर्यन, विजय देवरकोण्डालगायतका अभिनेतासँग नाम जोडिइसकेकी साराको पछिल्लो समय केदारनाथ’का सहायक निर्देशक जेहान हाण्डासँग जोडिएको छ । सारा सन् २०१८ मा रिलिज भएको फिल्म केदारनाथ’ मार्फत नै डेब्यु गरेकी थिइन् ।

सारा र जेहानको एक तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तस्वीरमा दुवैलाई समुन्द्री किनारमा मस्ती गरिरहेको देखिएको छ । सारा र जेहाना पुरानो साथी पनि हुन् ।। हालैमात्र जेहानले इन्स्टाग्राम स्टोरीमा सारासँगको एक तस्वीर शेयर गरिन् । तस्वीरमा उनीहरु एकअर्कालाई साइड हग गरिरहेको देख्न सकिन्छ । तस्वीर शेयर गर्दै साराले ‘लभ यु । मलाई यहाँ लैजाउ’ भनी लेखेकी छन् । साराको पछिल्लो जन्मदिनमा जेहानले कैयौं तस्वीर र भिडियो शेयर गरेका थिए ।


उनीहरु साथी भन्दा अगाडि बढिसकेको भारतिय मिडियाले जनाएका छन् । यस अघि साराको नाम तेलुगु अभिनेता विजय देवरकोण्डा कार्तिक आर्यन सुशान्तसिंह राजपुत सँग पनि जोडिएको थियो । गत वर्ष अभिनेता सुशान्तसिंह राजपुतको निधन पछि सारालाई लागुऔषध अनुसन्धान निकाय एनसीबीले सोधपुछ गरेको थियो । सारा नायिका करिना कपुरकी सौतेनी छोरी पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर