पुख्यौली नृत्य प्रदर्शन गर्दै पुन समुदायका कलाकार — OSNepal

पुख्यौली नृत्य प्रदर्शन गर्दै पुन समुदायका कलाकार

LC (KTM) December 01, 2022 0

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडाका पुन समुदायका कलाकारहरु पुख्र्यौली नृत्य प्रदर्शन गर्दै । पुन समुदायले जन्म, मृत्यु, छेवार, विवाह र सभा समारोहमा मौलिक पुख्र्यौली नृत्य प्रर्दशन गर्ने चलन छ । तस्बिर ः सन्तोष गौतम÷रासस

यो पनि:पठन संस्कृतिको विकासका लागि प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी-पठन संस्कृतिको विकासका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले आजदेखि पुस्तक प्रदर्शनी सुरु गर्दैछ । प्रतिष्ठानको भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुनेछ ।

प्रदर्शनीमा प्रज्ञाले २०३० सालदेखि २०७९ को यसै महिनासम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । रु तीनदेखि रु दुई हजार ७० मूल्यका पुस्तक प्रदर्शनीमा राखिने भएका छन् । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद, दर्शनलगायत विषयसँग सम्बन्धित पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य, थायभू, आँगनलगायतका धेरै विषयका पठनीय एवं अतिउपयोगी करिब पाँच सय थरीका पुस्तक एवं पत्रपत्रिका समावेश गरिएका छन् ।

नेपाली बृहत् शब्दकोश, प्रज्ञा नेपाली अङ्गेजी शब्दकोशलगायत शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो । माटोको ममता, महेन्द्र प्रवचन मालाजस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार आठ सय ९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको ढुङ्गेलले बताउनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रज्ञाले वर्षमा कम्तीमा तीनपटक पुस्तक प्रदर्शनी आयोजना गर्ने गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर पुस महिना, नयाँ वर्षको अवसर पारेर वैशाख र प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर असार महिनामा प्रदर्शनी आयोजना हुने गरेको छ ।

प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री हुने गरेका छन् । दैनिक तीन सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । पुस्तक प्रदर्शनीका क्रममा दैनिक रु २० हजार बराबरको पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो ।

प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशनमार्फत सातै प्रदेशमा पु¥याएर प्रज्ञाको गरिमा बढाउन लागिएको जनाइएको छ । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पु¥याउने अभियानका रुपमा पनि प्रदर्शनीलाई अघि बढाइने जनाइएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर