जाडोयाम सुरू भएसँगै फस्टाउँदै भक्काको व्यापार — OSNepal

जाडोयाम सुरू भएसँगै फस्टाउँदै भक्काको व्यापार

LC (KTM) December 01, 2022 0

मोरङ-मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराटचोकमा देखिएको भक्काको व्यापार । जाडोयाम सुरू भएसँगै तराईमा अहिले भक्का खानेको सङ्ख्या बढेर यसको व्यापार समेत फस्ताएको छ । तस्बिरः मणिराम दाहाल÷ रासस

यो पनि:स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता – स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता कायम गर्नुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्नुभएको छ ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार हालसम्म कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार अर्यालले तीन हजार दुई सय ४७ मत प्राप्त गर्नुभएको छ ।

स्याङ्जा–२ मा गए रातिदेखि मत गणना सुरु भएको हो । हालसम्म गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।

यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गर्नुभएको छ । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो । दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर