साथिको विबाहमा पुगेका सलिनले भने 'प्रेमिका बिदेश उडेपछि मेरो बिहे रोकियो यार' — OSNepal

साथिको विबाहमा पुगेका सलिनले भने ‘प्रेमिका बिदेश उडेपछि मेरो बिहे रोकियो यार’

LC (KTM) December 01, 2022 0

काठमाडौँ । ए मेरो हजुर २ र ‘यात्रा’ फिल्ममा काम गरेपछि नायक सलिनमान बनियाँको चर्चा फिल्मी क्षेत्रमा चुलियो ।

हत्तपत्त फिल्ममा साइन नगर्ने सलिन पछिल्ला दिनमा कामका कारण भन्दा पनि प्रेम र विबाहका कारण मिडियामा छाउन थालेका छन् ।

सलिन र उनकी प्रेमिमका अस्प्रिना जिन्हाको बिहेको खबर बेला बेलामा चर्चामा आउन थालेको छ । बुधबार नायक सलोन बस्नेतको बिहे पार्टीमा पुगेका सलिनले २ बर्ष बिहे नहुने बताएपछि कारण खोज्दै जाँदा उनकी प्रेमीका बिदेश उडेपछि विबाह तत्कालका लागि रोकिएको रहस्य बाहिर आयो ।

सलिनले प्रेमिका अस्प्रिना अध्ययनका लागि विदेश उडेपछि बिहेको सोच तत्काल स्थगीत भएको बताएका हुन् । सलिनका अनुसार, अस्प्रिना अध्ययनका लागि सिंगापुरमा छिन् । उनी मेकअप सम्बन्धी कोर्स गर्न गएका कारण केही समयका लागि विबाह रोकिएको रहस्य खोले ।

सलिन र उनकी प्रेमिका अस्प्रिनाबिच इन्गेजमेन्ट भैसकेको खबर पनि सार्वजनिक भएको थियो । सलिन पछिल्ला दिनमा अभिनयमा सक्रिय छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर