झापाको भद्रपुरमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु — OSNepal

झापाको भद्रपुरमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

LC (KTM) December 01, 2022 0

झापाको भद्रपुरमा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ७ स्थित मेघाटोलकी ११ वर्षीया शिल्पा ऋषिदेव रहेकी छन् ।

भद्रपुर– ७ स्थित अञ्जनीमोडमा आज दिउँसो १२ बजे गार्मेटचोकबाट हल्दिबारीतर्फ गइरहेको प्र–१–००१–क–७७ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको साइकल यात्री बालिका ऋषिदेवलाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथीभारा हस्पिटल लगिएको थियो । त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी हस्पिटल लगिएको थियो ।

बालिकाको दिउँसो साढे ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालक हल्दिबारी गाउँपालिका– २ का २१ बर्षीय जितलाल राजवंशी रहेका छन । उनको सवारीचालक अनुमतिपत्र लाइसेन्स नभएको जनाइएको छ । टिपर र टिपर चालक राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर