पल शाह र वर्षा शिवाकोटी अभिनित फिल्म 'बीर विक्रम २’को हिन्दी संस्करण सार्वजनिक — OSNepal

पल शाह र वर्षा शिवाकोटी अभिनित फिल्म ‘बीर विक्रम २’को हिन्दी संस्करण सार्वजनिक

LC (KTM) December 01, 2022 0

काठमाडौं- निर्देशक मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘बीर विक्रम २’ को हिन्दी संस्करण सार्वजनिक गरिएको छ । फिल्मको हिन्दी डबिङ मुम्बईमा गरिएको हो।

वि.सं २०७६ सालमा रिलिज भएको यस फिल्मको अहिले हिन्दी संस्करणको पुरा फिल्म ओएसआर इन्टरनेसनलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।हिन्दी संस्करणको ट्रेलर केहि दिन अघि मात्रै सार्वजनिक गरिएको थियो ।

फिल्ममा ‘बीर विक्रम २’ मा पल शाह,वर्षा शिवाकोटी,नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी,क्षितिज सुबेदी खत्री लगायतको अभिनय रहेको छ ।

बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा फिल्मले बोलेको छ ।फिल्मलाई प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा बनिष शाहको सम्पादन, सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर