बिहे पार्टीमा एक्कासी किन रोए सलोन ? — OSNepal

बिहे पार्टीमा एक्कासी किन रोए सलोन ?

LC (KTM) December 01, 2022 0

काठमाडौँ । फिल्म क्षेत्रका अधिकांश कलाकारहरु नायक सलोन बस्नेत र एयर होस्टेज करिश्मा केसीको विबाह र पार्टीमा उपस्थित भए । सो विशेष समारोहमा सलोन एक्कासी रुन पुगे । बहिनी सलिना बस्नेतले एउटा गीतमा नृत्य गरेपछि सलोनको आँखा रसाएका थिए । सलो न रोएपछि शोभित पनि भक्कानिए ।

करिश्माले आफूले बस्नेत परिवारको एकतालाई अगाडि बढाउने बताइन् । यस्तै, नायक सलोन बस्नेतले पनि आफूमा रहेका केही अपूर्ण कुराहरु करिश्माको आगमन पछि पुरा भएको बताए । यसअघि बस्नेत परिवारलाई एक बनाउन आफ्ना पिताले खेलेको भूमिका अब आफूले खेल्ने सलोनको तर्क थियो । सो अवसरमा सलोनका बाबु शोभितले नाती वा नातिनी भएपछि सबै काम छाडेर उनीहरुकै स्याहार गर्ने बताएसँगै माहोल फेरी हासोमा गुसिञ्जएको थियो ।

यसैबिच नायिका पूजा शर्मा अभिनेता सलोन बस्नेत र करिश्मा केसीको मेहेन्दी र संगीत कार्यक्रममा आफ्ना प्रेमी युद्ध बानियालाई सँगै लिएर गइन् । सँधै युद्धलाई पछाडी नै राखने पूजाले यसपटक पनि मिडियाको सामना गर्ने क्रममा युद्धलाई अगाडि सारिनन् ।

उनको कुरा आँफैले राख्दै पूजाले भनिन् युद्ध लजालु स्वभावको भएकाले मिडियामा बोल्न अप्ठ्यारो मान्ने भन्दै उनले मिडियामा बोल्नका लागि पनि उपयुक्त समय आउने बताइन् ।

उनले युद्धलाई मिडियामाझ चिनाउन नचाहे पनि सलोन९करिश्माको रिसेप्सन पार्टीमा उपस्थित भएका आफू नजिकका व्यक्तिहरुसँग भने चिनजान गराएकी थिइन् । उक्त पार्टीमा युद्धले केही पटक पूजालाई ‘सानु’ भनेर बोलाएको सुनिएको थियो । तर युद्धकी सानुले किन युद्धलाई बोल्न नदिएकी भन्दै कतिपय युट्युबरहरुले गुनासो गरिरहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर