बेल्जियम संग गोलरहित बराबरी खेल्दै क्रोएशिया बिश्वकप फुटबलको नकाउट चरणमा प्रबेश — OSNepal

बेल्जियम संग गोलरहित बराबरी खेल्दै क्रोएशिया बिश्वकप फुटबलको नकाउट चरणमा प्रबेश

LC (KTM) December 02, 2022 0

चर्चित खेलाडी रोमेलु लुकाकुको टिम बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।अहमेद बिन अलि स्टेडियममा आज राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा खेलेपछि बेल्जियम बाहिरिएको हो ।

आजको खेलमा बेल्जियमलाई जित्नै पर्ने दबाब रहेको थियो । क्रोएसिया भने नकआउट चरणमा प्रवेश गरेको छ । दोस्रो हाफमा मैदान प्रवेश गरेका बेल्जियमका रोमेलु लुकाकुले थुप्रै गोलको सुनौलो अवसर खेर फालेका थिए। क्रोएसियाले समेत केहि गोलको अवसरलाई सदुपयोग गर्न सकेन् ।

बराबरीपछि समूह एफ को बेल्जियमले ३ खेलमा ४ अंक जोड्यो । बेल्जियम तेस्रो स्थान रह्यो । बेल्जियमको यस टिमलाई गोल्डेन जेनेरेसन मानिएको थियो ।

तर यस टोलीले बेल्जियमलाई उपाधि दिलाउन असफल भएको छ । क्रोएसिया भने दोस्रो स्थानमा रहदै राउण्ड अफ १६ मा पुगेको हो । साविक उपविजेता समेत रहेको क्रोएसियाले ३ खेलमा ५ अंक जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर