बेल्जियम समुहचरण बाटै बाहिरिए पछि मुख्य प्रशिक्षक रोबर्टाेले दिए राजिनामा — OSNepal

बेल्जियम समुहचरण बाटै बाहिरिए पछि मुख्य प्रशिक्षक रोबर्टाेले दिए राजिनामा

LC (KTM) December 02, 2022 0

बिश्वकप फुटबलको समुह चरण बाटै घर फर्कनु परेपछि बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । बेल्जियम कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणबाट आज बाहिरिएपछि मार्टिनेजले राजीनामा दिएका हुन् ।

अहमेद बिन अलि स्टेडियममा बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो।

४९ वर्षीय स्पेनिस प्रशिक्षकले ६ वर्षपछि बेल्जियमको प्रशिक्षक छाडेका हुन् ।उनी २०१६ मा बेल्जियमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर