करफोक विद्यामन्दिरका छात्रामा अनौठा लक्षण देखापरेर बिरामी परेपछि विद्यालय बिदा — OSNepal

करफोक विद्यामन्दिरका छात्रामा अनौठा लक्षण देखापरेर बिरामी परेपछि विद्यालय बिदा

LC (KTM) December 02, 2022 0

इलाम- इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक विद्यामन्दिर माध्यमिक विद्यालयका अधिकांश छात्रा बिरामी परेपछि विद्यालय बिदा गरिएको छ । कक्षा ८ देखि १२ सम्मका बहुसङ्ख्यक छात्रामा विगत चार दिनदेखि अनौठा लक्षण देखापरेपछि एक सूचना जारी गर्दै शुक्रबार विद्यालय बिदा गरिएको हो ।

प्रधानाध्यापक गणेशप्रसाद आचार्यका अनुसार विद्यार्थीमा छिटो स्वासप्रश्वास हुने, असहज व्यवहार देखाउने, बेहोस हुन खोज्ने, खुट्टा बाउँडिने र शरीरमा पीडा हुनेजस्ता समस्या आएपछि बाध्य भएर विद्यालय बिदा गर्नुपरेको हो ।

“विशेषगरी महिनावारी भएका छात्रामा यो समस्या देखिएको छ”, उहाँले भन्नुभयो । लगातार समस्या भएपछि विद्यालयले सूर्योदय नगरपालिका बालबालिका शाखालाई खबर ग¥यो । शाखाले दुई सदस्यीय परामर्शदाता पठायो । बिहीबार दिउँसो कक्षा ११ का विद्यार्थीलाई परामर्श दिइरहँदा एकैपटक तीन विद्यार्थी बिरामी परे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर