• २०७८ कार्तिक ६ शनिबार

धेरै पढिएको

बाढीले निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगमा बाढीले क्षति

बाढीले निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योगमा बाढीले क्षति


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • ९:३२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.4K
    SHARES

    धादिङ, १७ असार- नेपालकै ठूलो निर्माणाधीन सिमेन्ट उद्योग बेनीघाट रोराङ गाउँपालिका–२ महादेवस्थानस्थित ह्वासिन सिमेन्ट उद्योगलाई बाढीले क्षति पु¥याएको छ ।कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी उद्योगमा पसेको हो । उद्योगको छेउछाउमा भएको सामान बगाएको छ । उद्योगको मुख्य भागमा बाढीले पुरेको प्रत्यक्षदर्शी अप्सरा मैनानीले बताउनुभयो ।सो स्थानमा रहेको सीताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अरु दुई होटलमा पनि बाढी पसेको छ । सिमेन्ट उद्योगको तल्लो भागतिरका जग्गामा पनि बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

    निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ मजदुरलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण आउन बाँकी छ । अघिल्लो वर्षको बाढीले पनि सिमेन्ट कम्पनीमा ठूलो क्षति पु¥याएको थियो । (रासस)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend