अब ६० बर्ष कटेका श्रमजीवी ​चलचित्रकर्मीलाई राज्यले भत्ता दिने ! — OSNepal

अब ६० बर्ष कटेका श्रमजीवी ​चलचित्रकर्मीलाई राज्यले भत्ता दिने !

LC (KTM) July 01, 2021 0

काठमाडौं -६० बर्ष कटेका श्रमजीवी ​चलचित्रकर्मीलाई राज्यले भत्ता दिने भएको छ । चलचित्र बिकास बोर्डले श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजना अन्तर्गत ६० बर्ष उमेर कटेका श्रमजीवी ​ चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुबिधा दिने भएको हो ।

२१ औं स्थापना दिवसको अवसर पारेर चलचित्र विकास बोर्डले आफ्ना थुप्रै निति तथा कार्यक्रमको समेत जानकारी गराएको छ । कोरोना महामारीका कारण यो वर्ष राष्ट्रिय चलचित्र पुरस्कार रोकिएको छ ।

सहज बाताबरण हुने बित्तिकै पुरस्कार बितरण गर्ने बोर्डले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । पछिल्लो समय चलचित्रकर्मी दयाराम दाहाल बोर्ड अध्यक्षमा आएका छन् । दाहाल नियुक्त भएर आएपछि थुप्रै निति तथा कार्यक्रम बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर