शिशिर भण्डारीले यि असहाय बालकलाई दिने भए सहारा, आफ्नै घरमा राखेर शिक्षा दिक्षा दिने लिए जिम्मा, हेर्नुहोस् भिडियो — OSNepal

शिशिर भण्डारीले यि असहाय बालकलाई दिने भए सहारा, आफ्नै घरमा राखेर शिक्षा दिक्षा दिने लिए जिम्मा, हेर्नुहोस् भिडियो

LC (KTM) July 01, 2021 0

अशक्त आमाबुवालाई पाल्न र ८ वर्षका भाइलाई पढाउन दाङबाट काठमाडौं आएर बसमा, फिल्म हलमा र मानिसहरुको भिडभाडमा सारंगी बजाउँदै पैसा उठाउँदै आएका १२ वर्षे जनक गन्धर्वको आमा बुवा बोल्न सक्दैनन् । दुखको कुरा सरकारले सबैको घर बनाइदियो तर गन्धर्व बस्तीमा जनककै मात्र घर बन्न बाँकी छ ।

यो थाहा पाएपछि कलाकार शिशिर भण्डारीले भाइहरुलाई स्कुल पढाउने, जनकको घर बनाउने अभियान थालेका थिए । ४ लाख सहयोग पनि उठ्यो तर त्यसले घर बन्न सम्भव भएन । शिशिरले यतिबेला सोही रकमले जनकलाई शिक्षा दिईरहेका छन् । मासिक ८ हजार जनकको होस्टेल खर्च छ ।

उनको परिवारलाई पनि समय समयमा शिशिरले नै खर्च पठाउँछन् साथै जनकको अन्य खर्च पुराउँदै गर्दा सँकलित रकमले नपुग्ने अवस्था छ तर केहि समयपछि शिशिर आप्नै खर्च अथवा सोही समयमा पनि कसैले सहयोग गरे सोही सहयोगमा जनकको परिवारको लागि सानो पक्की घर बनाउने सोचमै छन् ।

यसैबिच जनक गन्धर्व धेरैपछि शिशिर भण्डारी र उनको श्रीमतीको साथमा मिडियामा आएका छन् । जनकलाई शिशिर भण्डारी दम्पत्तिले हाम्रो अर्को छोरा भनेर चिनाए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर