• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

खाद्यान्न लिएर हुँइकिदै आएको ट्र्याक्टर ३० मिटर तल खस्यो, लक्ष्मीले घटनास्थलमै ज्यान गुमाइन,घाइते तीन जनाको गम्भिर अबस्थामा उपचार हुँदै

खाद्यान्न लिएर हुँइकिदै आएको ट्र्याक्टर ३० मिटर तल खस्यो, लक्ष्मीले घटनास्थलमै ज्यान गुमाइन,घाइते तीन जनाको गम्भिर अबस्थामा उपचार हुँदै


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • १०:५५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.2K
    SHARES

    यहाँ ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ ७ः०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । मे१त ६५७७ नंको ट्र्याक्टर सडकबाट करिब ३० मिटर तल झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    दुर्घटनामा फालेलुङ–३ घर भएका ट्र्याक्टर चालक ४० वर्षीय अकलबहादुर लिम्बू, ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । शरीरका विभिन्न भागमा चोट लागेका घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । दुर्घटना सदरमुकाम फिदिमबाट ६८ किलोमिटर पूर्वमा भएको हो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend