अक्षय कुमार अभिनेत्री नुपूर सोनन अभिनित म्युजिक भिडियो 'फिलहाल २' को टिजर यस्तो बनेर आयो — OSNepal

अक्षय कुमार अभिनेत्री नुपूर सोनन अभिनित म्युजिक भिडियो ‘फिलहाल २’ को टिजर यस्तो बनेर आयो

LC (KTM) July 01, 2021 0

काठमाडौं-अक्षय कुमार अभिनित म्युजिक ‘फिलहाल २’को टिजर सार्वजनिक भएको छ ।अभिनेत्री नुपूर सोननसँग देखिएका अक्षयले भिडिओ टिजर आफ्नो ट्विटर मार्फत सेयर गरेका छन् । ट्विटरमा गीतको टिजर सार्वजनिक गर्दै अक्षयले ‘फिलहालसँग प्रेम गर्ने समय नजिकिँदै छ’ क्यापसन ट्विट गरेका थिए। टिजरको सुरुवातमा निलो लुगा लगाएका अक्षयलाई मोटरसाइकल चलाइरहेको देखिन्छ। उनी नुपूर सोनन र एकजना व्यक्ति चढेको गाडी पछ्याइरहेका हुन्छन्।

ती व्यक्ति नुपूरको हुनेवाला श्रीमान हुन् जसको भूमिका अभिनेता एमी भिर्कले निर्वाह गरेका छन् । यो दृश्यपछि अक्षय र नुपूरबीचका अन्य थुप्रै दृश्य देखाइएको छ। अन्तमा भने अक्षय नुपूरको विवाहमा नाचिरहेका हुन्छन्। फिल्मको टिजरलाई अत्यन्तै मन पराइएको छ ।

गायिका नुपूरले ‘फिलहाल २’ उनका लागि गीत मात्र नभई जीवनको ठूलो अवसर रहेको बताएकी छन्। नुपुर सोननले चर्चित् बलिउड अभिनेत्री कृति सोननकी बहिनी हुन्। फिलहाल २’को पूरा भिडियो जुलाई ६ मा सार्वजनिक हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर