प्रेमी पुण्य आचार्यसँग लोकगायिका कल्पना दाहालले गरिन् विवाह — OSNepal

प्रेमी पुण्य आचार्यसँग लोकगायिका कल्पना दाहालले गरिन् विवाह

LC (KTM) December 02, 2022 0

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल आज विबाह बन्धनमा बाधिएकी छन् । उनले अमेरिकामा बस्दै आएका पुण्यप्रसाद आचार्यसँग विबाह गरेकी हुन् । उनको ललितपुर इमाडोलस्थित एक पार्टी प्यालेसमा विवाह समारोह भएको हो ।

कल्पना टेलिभिजन कार्यक्रम इन्द्रेणीमार्फत चर्चामा आएकी हुन् । उनी विवाहपछि अमेरिकामा जाने तयारीमा छिन् । गत जेठमा कल्पना र पुण्यले अदालती विवाह गरिसकेका थिए ।

अहिले भने परम्पराअनुसार विवाह गरेका हुन् ।उनीहरुको बिहेमा आफन्त तथा साथी भाइको उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस- कलाकार जोडी संयम पुरी र आश्मा डीसी विबाह बन्धनमा बाधिएका छन् । बिहेमा यो जोडी निकै खुशी र सुन्दर देखिएका छन् । झण्डै २०० जना जन्तीको उपस्थितिमा भइरहेको विवाहमा केही सेलिब्रिटी पनि उपस्थित छन् ।

विवबाह अहिले पनि चलिरहेको छ । नर्लिङ रिसोर्टमा विवाहको रिसेप्सन पार्टीको आयोजना हुँदैछ । आश्माले ‘आभाष’ र ‘नाइँ नभन्नु ल ३’ मा अभिनय गरेकी छिन् भने संयमले ग्याङस्टर ब्लुज, आभाष, नाइँ नभन्नु ल ३, पुन्टे परेड, रातो घर, कर्तव्य र अल्पविराम जस्ता फिल्ममा अभिनय गरेका छन् ।

सन् २०१२ मा रिलिज भएको ‘सायद’ बाट संयमले डेब्यु गरेका थिए । आश्मा गोपीकृष्ण हलका म्यानेजर प्रदीप दाहालकी छोरी हुन् भने यम वरिष्ठ फिल्म निर्देशक नारायण पुरीका छोरा हुन् । संयमको रिसेप्सन पार्टी भने मंसिर २१ मा आयोजना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर