सांसद समेत रहेकी बंगाली अभिनेत्रीको पारदर्शी साडीमा बोल्ड पोज, भयो छिनभर मै भाइरल — OSNepal

सांसद समेत रहेकी बंगाली अभिनेत्रीको पारदर्शी साडीमा बोल्ड पोज, भयो छिनभर मै भाइरल

LC (KTM) December 02, 2022 0

बंगाली अभिनेत्री तथा ममता बनर्जीको राजनीतिक दल टीएसीकी सांसद नुसरत जहाँ सोशल मिडियामा निकै सक्रिय रहन्छिन् । यससँगै उनी आफ्ना फ्यानसँग आफ्ना सुन्दर तस्बिर र भिडियो शेयर गरिरहेकी छिन् । हालै उनले आफ्नो इन्स्टाग्राममा हरियो साडीमा केही तस्बिर सेयर गरेकी छिन् ।

तस्बिरमा नुसरत जहाँ हरियो रंगको स्ट्रिप ब्लाउज-पारदर्शी साडीमा निकै बोल्ड र सुन्दर पोजमा देखिएकी छिन् । यससँगै अभिनेत्रीले आफ्नो पोस्टको क्याप्सनमा लेखेकी छिन् ‘म मेरो परी कथा लेख्दैछु’ । यससँगै अभिनेत्रीका यी तस्बिरलाई फ्यानले पनि निकै रुचाइरहेका छन् ।

नायिकाका यी तस्बिरमा धेरै फ्यानले कमेन्ट गर्दै अभिनेत्रीको तारिफ गरिरहेका छन् । यति मात्र होइन, नुसरत जहाँ सारीका तस्बिरहरू प्रायः आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सेयर गरिरहेकी छिन्। उनको इन्स्टाग्राम उनको साडीको फोटो र भिडियोले भरिएको छ।

केही समयअघि पनि अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा केही तस्विर शेयर गरेकी थिइन् जसमा उनी नीलो साडीमा देखिएकी छिन् । साथै, उनले बंगाली शैलीमा कपाल बाँधेकी छिन् । यस बाहेक उनले भारी गहना पनि लगाएकी छिन्, जसले उनलाई थप सुन्दर बनाएको छ ।

यति मात्र होइन, नुसरत जहाँको ट्रेडिशनल लुक साडीमा निकै रुचाइएको छ । अभिनेत्री प्रायः आफ्नो आकर्षक लुक्सले फ्यानलाई लोभ्याउने गर्छिन् । उनलाई सामाजिक सञ्जालमा करोडौं फ्यानले फलो गरेका छन् । यसका अलावा अभिनेत्री आफ्नो धेरै प्रोजेक्टमा पनि व्यस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर